कालीगण्डकी करिडोर सडकको बागलुङ खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध

कालीगण्डकी करिडोर सडकको बागलुङ खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध : Icon Khabar

बलेवा (बागलुङ), भदौ १७ । कालीगण्डकी करिडोर सडकको बागलुङ खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । शनिबार राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि आज बिहानदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।

जसका कारण जिल्लाको दक्षिणी भेगका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत र गुल्मीसँगको सडक सम्पर्क अवरुद्ध भएको छ ।

कालीगण्डकी करिडोरको बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दबल्याङमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले जानकारी दिए।

यसैबीच बाग्लुङ नगरपालिकाले पहिरो पन्छाएर सडक सञ्चालनका लागि खुला गर्ने प्रयास गरिरहेको छ ।

Published Date: 03 September 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता