कालीगण्डकी करिडोर सडकको बागलुङ खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध

कालीगण्डकी करिडोर सडकको बागलुङ खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध : Icon Khabar

बलेवा (बागलुङ), भदौ १७ । कालीगण्डकी करिडोर सडकको बागलुङ खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । शनिबार राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि आज बिहानदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।

जसका कारण जिल्लाको दक्षिणी भेगका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत र गुल्मीसँगको सडक सम्पर्क अवरुद्ध भएको छ ।

कालीगण्डकी करिडोरको बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दबल्याङमा पहिरो खसेपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले जानकारी दिए।

यसैबीच बाग्लुङ नगरपालिकाले पहिरो पन्छाएर सडक सञ्चालनका लागि खुला गर्ने प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 September 2023
Website | + posts
ताजा
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू