बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो

बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, भदौ ४ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा छापावाल सुन बिक्री भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर आइतबार प्रतितोला १ हजार ४ सय ६० रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

Published Date: 03 September 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड