पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा नेपालद्वारा दोश्रो स्थान हासिल

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा नेपालद्वारा दोश्रो स्थान हासिल : Icon Khabar

काठमाडौं, पुस २४ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा नेपालले दोश्रो स्थान हासिल गरेको छ । इन्डोनेसियामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल टर्कीसँग पराजित हुदै नेपाली टीम नेपालको द रियल सोल्जर्स (डीआरएस) एक सय ५८ अंक सहित दोस्रो भएको हो ।

प्रथम स्थान हासिल गर्ने टर्कीको टीम टर्कीको एसटुजी ई स्पोर्ट्सले एक सय ९० अंक प्राप्त गरेको थियो। दोश्रो स्थान हासिल गरेको नेपालले दुई लाख ९२ हजार अमेरिकी डलर (नेपाली रुपियाँ तीन करोड ८६ लाख ) पुरस्कार पाएको छ । विजेता टर्कीले पाँच लाख १० हजार अमेरिकी डलर पुरस्कार पायो ।

यस विश्वकपमा चीन र ब्राजिलको तीन तीन, नेपाल, टर्की, मङ्गोलिया र थाइल्यान्डको दुई दुई तथा मलेसिया र इन्डोनेसियाको एक एक टीमले भाग लिएका थिए ।

Published Date: 09 January 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै