पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा नेपालद्वारा दोश्रो स्थान हासिल

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा नेपालद्वारा दोश्रो स्थान हासिल : Icon Khabar

काठमाडौं, पुस २४ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा नेपालले दोश्रो स्थान हासिल गरेको छ । इन्डोनेसियामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल टर्कीसँग पराजित हुदै नेपाली टीम नेपालको द रियल सोल्जर्स (डीआरएस) एक सय ५८ अंक सहित दोस्रो भएको हो ।

प्रथम स्थान हासिल गर्ने टर्कीको टीम टर्कीको एसटुजी ई स्पोर्ट्सले एक सय ९० अंक प्राप्त गरेको थियो। दोश्रो स्थान हासिल गरेको नेपालले दुई लाख ९२ हजार अमेरिकी डलर (नेपाली रुपियाँ तीन करोड ८६ लाख ) पुरस्कार पाएको छ । विजेता टर्कीले पाँच लाख १० हजार अमेरिकी डलर पुरस्कार पायो ।

यस विश्वकपमा चीन र ब्राजिलको तीन तीन, नेपाल, टर्की, मङ्गोलिया र थाइल्यान्डको दुई दुई तथा मलेसिया र इन्डोनेसियाको एक एक टीमले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2023
Website | + posts