काठमाडौँ, पुष २५ । संसदको आजबाट सुरु हुने अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएको छ। दुवै सदनको अधिवेशन आज दिउसो १ बजेबाट सुरुहुने जानकारीमा आएको छ। आजको पहिलो बैठक संसदका जेष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्ने भएको छ।
निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार पहिलो पटक अधिवेशन सुरु हुन लागेको हो ।
Published Date: 09 January 2023