सुरु भयो ग्लोबल आईएमई बैंकको कारोबार

सुरु भयो ग्लोबल आईएमई बैंकको कारोबार : Icon Khabar

काठमाडौँ, पुस २५ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डुको सम्पुर्ण मर्जर प्रक्रिया सुरु भए संगै आजबाट ग्लोबल आईएमई बैंकको कारोबार सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज एक कार्यक्रमका बीच उक्त मर्ज भएको एकीकृत बैंकको कारोबार सुरु गरेका हुन्।

आजबाट दुइटै बैंक एउटै नाम ग्लोबल आईएमई बैंकको नामबाट संचालनमा आएको हो। ग्लोबल आईएमई बैंकमा योसहित पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैङ्क तथा छ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् । अहिलेको यो मर्जर पश्चात ग्लोबल आईएमई बैंक नेपालकै ठुलो बैंक भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 January 2023
Website | + posts