आइतबार नेप्से परिसूचक २१६४.६१ विन्दुमा

आइतबार नेप्से परिसूचक २१६४.६१ विन्दुमा : Icon Khabar

काठमाडौँ, पुष २४। आइतबार नेप्से परिसूचक ०.९६ प्रतिशत अर्थात २०.६८ अंक बढेर २१६४.६१ विन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। २५९ स्टकको ७५ हजार ४६५ पटकको कारोबारमा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधकि ४.४३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 January 2023
Website | + posts