एमसीसी आजदेखि कार्यान्वयनमा जाँदै, पाँच वर्षभित्र सक्नु पर्ने

विप्लवसहितका चार कम्युनिष्ट पार्टीले आज विरोध प्रदर्शन गर्दै

एमसीसी आजदेखि कार्यान्वयनमा जाँदै, पाँच वर्षभित्र सक्नु पर्ने : Icon Khabar

काठमाडौं, भदौ १३ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान परियोजना आज (बुधबार) देखि कार्यान्वयन हुँदैछ । करिब ७० अर्ब अमेरिकी र नेपाली रकमसहितको यो परियोजना आज कार्यान्वयनमा गएर अब ठीक पाँच वर्षपछि सकिने छ ।

परियोजना कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र सकिनु पर्ने बाध्यतात्मक व्यवस्था छ । त्यसैका लागि एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट नेपालको संसद अनुमोदन समेत गरिसकेको छ । यो परियोजना कार्यान्वयनको सुरुवात गर्न एमसीसीका उपाध्यक्ष क्यामरुन अल्फोर्ड हिजो (मंगलबार) नै काठमाडौं आइसकेका छन् । परियोजना अन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–हेटौंडा, रातमाटे–न्यूदमौली, न्यू दमौली–न्यू बुटवल न्यूबुटवल– भारतीय सीमासम्म ३१५ किलोमिटर ४०० केभीको प्रसारणलाइन निर्माण हुँदैछ ।

नुवाकोटको रातमाटे, तनहुँ जिल्लाको दमौली र नवलपरासीको भुमहीमा ४०० केभी क्षमताका सबस्टेसन निर्माण हुँदैछ । यस्तै दाङको भालुवाङदेखि बाँकेको सीमा शिवखोलासम्म ७७ किलोमिटर सडकको मर्मत हुँदैछ । यो परियोजनासम्बन्धी नेपाल सरकारले सम्झौता गरेयता नेपालमा निकै विवाद छ । खास गरी कम्युनिस्ट पार्टीहरूले यसको विरोध गर्दै आएका छन् । तर व्याख्यात्मक घोषणासहित नेपालको संसदले अनुमोदन गर्दा यसको विरोधमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समेत पक्षमा मतदान गरेका थिए ।

विप्लवसहितका चार कम्युनिष्ट पार्टीले आज विरोध प्रदर्शन गर्दै
चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

चार वटै पार्टीका अध्यक्ष एवम महासचिवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आज (बुधबार) देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकाको माइतीघर मण्डलाबाट दिउसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने कार्यतालिका रहेको छ । साथै आन्दोलनका क्रममा गिरफ्तार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य टोगप्रसाद उपाध्यायलगायत अन्य नेता–कार्यकर्ताको तत्काल रिहाईको पनि विज्ञप्तीमार्फत माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 August 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट