बागमती प्रदेशको प्रदेशसभा बैठक भदौ १८ गते बस्ने

बागमती प्रदेशको प्रदेशसभा बैठक भदौ १८ गते बस्ने : Icon Khabar

काठमाडौं, भदौ १३ । बागमती प्रदेशसभा सचिवालयले बागमती प्रदेशसभाको बैठक भदौ १८ गते बोलाइएको जनाएको छ ।

सचिवालयका मुख्य सचिव कृष्णहरि खड्काले कार्य सल्लाहकार समितिको बैठक बिहान ११ः३० बजे बस्ने र दिउँसो बस्ने संसद बैठकको एजेण्डा तयार गर्ने जानकारी दिए ।

असार ६ गते बसेको प्रदेशसभा बैठकमा सरकारका दुई फरक विधेयक पारित भएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रदेश सभा सचिवालयले सो दिन बस्ने प्रदेश सभाका सदस्यहरुलाई बैठकमा उपस्थित हुन जानकारी गराइसकेको छ । त्यस्तै प्रदेश सरकारका तर्फबाट आज बागमती प्रदेशसभा सचिवालयमा नयाँ विधेयक दर्ता भएको छ ।

प्रदेश सभा सचिवालयमा दर्ता भएको विधेयक विज्ञान प्रवृत्ति, नवप्रवर्तन तथा विकास कोष सञ्चालन गर्न बनेको विधेयक, २०८० रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

Published Date: 30 August 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक