बागमती प्रदेशको प्रदेशसभा बैठक भदौ १८ गते बस्ने

बागमती प्रदेशको प्रदेशसभा बैठक भदौ १८ गते बस्ने : Icon Khabar

काठमाडौं, भदौ १३ । बागमती प्रदेशसभा सचिवालयले बागमती प्रदेशसभाको बैठक भदौ १८ गते बोलाइएको जनाएको छ ।

सचिवालयका मुख्य सचिव कृष्णहरि खड्काले कार्य सल्लाहकार समितिको बैठक बिहान ११ः३० बजे बस्ने र दिउँसो बस्ने संसद बैठकको एजेण्डा तयार गर्ने जानकारी दिए ।

असार ६ गते बसेको प्रदेशसभा बैठकमा सरकारका दुई फरक विधेयक पारित भएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रदेश सभा सचिवालयले सो दिन बस्ने प्रदेश सभाका सदस्यहरुलाई बैठकमा उपस्थित हुन जानकारी गराइसकेको छ । त्यस्तै प्रदेश सरकारका तर्फबाट आज बागमती प्रदेशसभा सचिवालयमा नयाँ विधेयक दर्ता भएको छ ।

प्रदेश सभा सचिवालयमा दर्ता भएको विधेयक विज्ञान प्रवृत्ति, नवप्रवर्तन तथा विकास कोष सञ्चालन गर्न बनेको विधेयक, २०८० रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

Published Date: 30 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न