एमसीसीका उपाध्यक्ष नेपाल आइपुगे, भोलिदेखि नेपालमा एमसीसी कार्यान्वयन हुने

एमसीसीका उपाध्यक्ष नेपाल आइपुगे, भोलिदेखि नेपालमा एमसीसी कार्यान्वयन हुने : Icon Khabar

काठमाडौँ, भदौ १२ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुगेका छन् ।

बुधबारबाट नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयनमा जाँदैछ ।

सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् बुधबार रहेको छ ।

यस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ । त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य–सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौं आएका हुन् ।

यसैबीच एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत साना राजनीतिक दलका नेताहरूले भने एमसीसीको विरोध जनाउँदै आएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार मात्रै एमसीसी सम्बन्धी व्याख्यात्मक टिप्पणी कार्यान्वयन हुने कुरा जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने