एसिया कप क्रिकेटः नेपालले बुधबार पाकिस्तानसँग खेल्दै

एसिया कप क्रिकेटः नेपालले बुधबार पाकिस्तानसँग खेल्दै : Icon Khabar

काठमाडौं, भदौ १२ । पहिलो पटक एसिया कप क्रिकेटमा सहभागी हुन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । एसिया कपको १६ औं संस्करणको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३ः४५ बजे हुँदैछ ।

नेपाली क्रिकेट टोलीले एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारी गरेको छ । नेपाल र पाकिस्तानबीचको पहिलो खेल बुधबार हुनेछ । एसिया कप पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्दैछ । गत मेमा भएको एसीसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ७ विकेटले पराजित गरेको छ ।

एसिया कपका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी ९ खेल श्रीलंकामा हुनेछ । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान र समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

पाकिस्तानसँगको खेलपछि नेपालले समूह चरणको दोस्रो खेल सेप्टेम्बर ४ मा श्रीलंकामा भारतसँग खेल्नेछ । कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिष्ठित जीसी, किशोर महतो, सन्दीप । नेपाली टोलीमा जोरा र श्याम ढकाल छन् ।

Published Date: 29 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग