एसिया कप क्रिकेटः नेपालले बुधबार पाकिस्तानसँग खेल्दै

एसिया कप क्रिकेटः नेपालले बुधबार पाकिस्तानसँग खेल्दै : Icon Khabar

काठमाडौं, भदौ १२ । पहिलो पटक एसिया कप क्रिकेटमा सहभागी हुन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । एसिया कपको १६ औं संस्करणको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा दिउँसो ३ः४५ बजे हुँदैछ ।

नेपाली क्रिकेट टोलीले एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारी गरेको छ । नेपाल र पाकिस्तानबीचको पहिलो खेल बुधबार हुनेछ । एसिया कप पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्दैछ । गत मेमा भएको एसीसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो । प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ७ विकेटले पराजित गरेको छ ।

एसिया कपका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी ९ खेल श्रीलंकामा हुनेछ । प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान र समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

पाकिस्तानसँगको खेलपछि नेपालले समूह चरणको दोस्रो खेल सेप्टेम्बर ४ मा श्रीलंकामा भारतसँग खेल्नेछ । कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिष्ठित जीसी, किशोर महतो, सन्दीप । नेपाली टोलीमा जोरा र श्याम ढकाल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 August 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने