सीडीएससीले सुरु गर्यो हकप्रद खुलेको एसएमएस अलर्ट

सीडीएससीले सुरु गर्यो हकप्रद खुलेको एसएमएस अलर्ट : Icon Khabar

काठमाडौं, भदौ १२ । लगानीकर्ताको मागलाई ध्यान राख्दै सीडीएससीले आजबाट अब खुल्ने हकप्रद सेयरको जानकारी मोबाइलमा म्यासेज पठाएर सुरु गरेको छ।

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार सीडीएससीले सम्बन्धित कम्पनीहरुसँग समन्वय गरी यो कार्यको सुरुआत गरेको हो।

आचर्यले हकप्रद निष्कासनको पाउन सूचनाका लागि सबै लगानीकर्ताले मेरो सेयरमा सही नम्बर राख्न पनि समेत सुझाव दिए । उनले आफ्ना सेयरहोल्डरलाई सूचना दिने पहिलो दायित्व सम्बन्धित कम्पनीको हुने भएकोले यसरी म्यासेज पठाउन भने सम्बन्धित कम्पनीसँग समन्वय आबश्यक पर्ने बताए

साथै सबै कम्पनीको हकप्रद निष्कासनको सूचना सीडीएससीले नै लगानीकर्तालाई म्यासेज पठाएर दिनुपर्ने अनिवार्यता भने छैन। ‘कम्पनी स्वयंले आफैँ लगानीकर्तालाई हकप्रद निष्कासनबारे म्यासेज पठाएर जानकारी दिन सक्छन्’, आचार्यले भने, ‘यदि कम्पनीहरुले हकप्रद निष्कासन जानकारी गराइदिन आग्रह गरेमा मात्रै सीडीएससीले यो कार्य गर्ने हो।’

Published Date: 29 August 2023
ताजा
फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या, प्रयोगकर्ताद्वारा फेसबुक डाउन भएको रिपोर्ट
गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गए
स्पेन–अर्जेन्टिना फाइनल आज राति, एनटिभि प्लसमा प्रत्यक्ष प्रसारण हुने
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय