फ्रान्समा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त, तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि

फ्रान्समा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त, तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि : Icon Khabar

फ्रान्स, भदौ ९ । फ्रान्सका केही भूभागमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको हो ।

गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ । गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरू रेड अलर्टमा रहेका छन् ।

गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होसियार हुन आग्रह गरिएको छ । स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य सुरक्षाका लागि विभिन्न उपायहरू अपनाउन आग्रह गरेका छन् । बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा सतर्क रहन अधिकारीहरूले आग्रह गरेका छन् ।

राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गत सोमबार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो ।

ड्रोमको न्योन्समा ४२.२ डिग्री सेल्सियसको उच्च तापक्रम मापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने