महिला टि२० आई सिरिजको फाइनल खेलमा आज नेपाल हङकङसँग खेल्दै

महिला टि२० आई सिरिजको फाइनल खेलमा आज नेपाल हङकङसँग खेल्दै : Icon Khabar

काठमाडौं, भदौ ९ । नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल खेलमा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा मलेसियाको बायोमास ओभलमा नेपाल र हङकङबीच फाइनल खेलेका हुनेछ ।

नेपाल, मलेसिया र हङकङको समान ४ अंक थियो । तर नेटरनरेटको कारण अन्तिम खेलमा नेपाललाई ६ विकेटले हराए पनि मलेसिया फाइनलमा पुग्न सकेन ।

नेपालले हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो । नेपालसँग पराजित भए पनि हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपालले सोमबार थाईल्यान्डसँग पनि अन्तिम अभ्यास खेल खेल्ने छ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटअघि अभ्यास खेल खेलेको हो ।

एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि सेप्टेम्बरमा मलेसियामा हुँदैछ ।

समूह ए मा नेपालसँगै युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछ ।

रुविना क्षेत्रीको कप्तानीमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल टिममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 August 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने