महिला टि२० आई सिरिजको फाइनल खेलमा आज नेपाल हङकङसँग खेल्दै

महिला टि२० आई सिरिजको फाइनल खेलमा आज नेपाल हङकङसँग खेल्दै : Icon Khabar

काठमाडौं, भदौ ९ । नेपालले चार देश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल खेलमा आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा मलेसियाको बायोमास ओभलमा नेपाल र हङकङबीच फाइनल खेलेका हुनेछ ।

नेपाल, मलेसिया र हङकङको समान ४ अंक थियो । तर नेटरनरेटको कारण अन्तिम खेलमा नेपाललाई ६ विकेटले हराए पनि मलेसिया फाइनलमा पुग्न सकेन ।

नेपालले हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो । नेपालसँग पराजित भए पनि हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपालले सोमबार थाईल्यान्डसँग पनि अन्तिम अभ्यास खेल खेल्ने छ । नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटअघि अभ्यास खेल खेलेको हो ।

एसिया क्षेत्र छनोट अगष्ट ३१ देखि सेप्टेम्बरमा मलेसियामा हुँदैछ ।

समूह ए मा नेपालसँगै युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछ ।

रुविना क्षेत्रीको कप्तानीमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल टिममा छन् ।

Published Date: 26 August 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु