केन्द्रीय कारागार काठमाडौँमा कैदीबन्दीको स्वास्थ्यसँग जोडिएका विभिन्न कार्यक्रम सम्पन्न

केन्द्रीय कारागार काठमाडौँमा कैदीबन्दीको स्वास्थ्यसँग जोडिएका विभिन्न कार्यक्रम सम्पन्न : Icon Khabar

काठमाडौं, भदौ ७ । केन्द्रीय कारागार अस्पतालमा सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।

मंगलबार मात्रै अस्पतालमा चारवटा कार्यक्रम सम्पन्न भयो। अस्पतालका निर्देशक डा प्रकाश बुढाथोकीका अनुसार सबै कार्यक्रम कैदीबन्दीको स्वास्थ्यसँग जोडिएका थिए।

पहिलो कार्यक्रम सहकर्मी तथा सहपाठीलाई नै स्वास्थ्य परामर्शदाता बनाउन नेपाल स्वास्थ्य समाजको प्राविधिक सहयोगमा केन्द्रिय कारागार अस्पतालले डिल्लीबजार,नख्खु,महिला,भद्र तथा केन्दीय सुधार गृहका अस्पताल नाईके,सह नाईके तथा स्वच्छ आचरण भएका र सहयोगी मन भएका करिब ९५ जनालाइृ दौतरी शिक्षाको तालिम प्रदान गरेको थियो।

यस्तै केन्द्रीय कारागार अस्पातालमा मंगलबार दुईवटा सीएमई सम्पन्न भएको थियो। केहि हप्तादेखि बढदो क्रममा देखिएको आँखा पाक्ने रोग साथै डेंगी ज्वरो र मानसिक समस्याका विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो।

सो कार्यक्रममा काठमाडौँ मेडिकल कलेजकी आँखा रोग बिशेषज्ञ प्राडा सबिना श्रेष्ठ, मानसिक अस्पतालका वरिष्ठ मानसिक चिकित्सक डा बासुदेब कार्कीले मानसिक स्वास्थ्यको र डेगीका बारेमा ईडिसीडिका निर्देशक डा रुद्र मरासीनी र डा गोकर्ण दाहालले प्रस्तुतीकरण दिएका थिए। समाजमा ब्याप्त भ्रम तथा अन्र्तक्रियामा सहभागीबाट उठाईएका जिज्ञासाहरुको विज्ञहरुले समाधान गरेका थिए।

सोही अवसरमा डेंगी रोगको रोकथामका इडीसीडीले जोखिम समुहमा रहेका बिरामी कैदीबन्दीका लागी ३ सय किटनाशक झुल हस्तान्तरण गरेको थियो। इडीसीडीका निर्देशक डा मरासिनीले अस्पताल निर्देशक डा बुढाथोकीलाई सो झुल हस्तान्तरण गरेका थिए।

कार्यक्रममा कारागार कार्यालयका प्रमुख ललित कुमार बस्नेत अनाश्रित गुल्मका प्रमुख डिएसपी कुमार बिक्रम थापा, कारागार अस्पतालका विशेषज्ञ, मेडिकल अफिसर लगाएत अन्य कर्मचारी ,नेपाल स्वास्थ्य समाजका अध्यक्ष ऋषी ओझा,कार्यालयकी सी अहेव कल्पना ज्ञवाली, कारागारका नाइके भाइ ,चौकीदार लगायत करिव एक सय जनाको उपस्थिती थियो।

साथी शिक्षा कार्यक्रम नेपाल स्वास्थ्य समाजका अध्यक्ष रिशी ओझा तथा सिएमई र किटनाशक झुल हस्तान्तरण कार्यक्रम कारागार अस्पतालकी अस्पताल नर्सिङ निरीक्षक सरिता प्रजापतिले संचालन गरेकी थिइन् ।

Published Date: 24 August 2023
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय