आँखा पाक्ने रोगका लक्षण तथा रोकथामका उपायहरु

आँखा पाक्ने रोगका लक्षण तथा रोकथामका उपायहरु : Icon Khabar

काठमाडौँ, भदौ ७ । हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने समस्या देखिएकाले सतर्क रहन आवश्यक छ।

आँखा पाक्ने रोगका लक्षणहरु
– आँखा रातो हुने र चिलाउने

– आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने

– आँखाको ढकनी रातो हुने, सुन्निने

– आँखा बिझाउने/दुख्ने

– घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

रोकथामका उपाय
भाइरल कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। त्यसैले रोकथामका निम्त उपायहरु अपनाएर आँखा पाक्ने रोगबाट बचौं।

– संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने

– संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै: टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने

– जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने।

– व्यक्तिगत सरसफाइमा ध्यान दिने।

भाइरल कन्जन्टिभाइटिस भइहाले आत्तिनु पर्दैन। यो रोग १ देखि २ हप्तामा आफैं निको हुन्छ। स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगरौं।

आँखा पाक्ने रोग लागेमा के गर्ने?
यो रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैं निको हुन्छ। घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु यसप्रकार छन्:

– बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने।

– आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने।

– आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने।

– प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने।

– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने।

– संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने।

– संक्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने।

स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगरौं। दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ।

-श्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Published Date: 24 August 2023
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक