अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित

अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित : Icon Khabar

काठमाडौं, भदौ ६ । बुधबारदेखि परेको अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । भिजिबिलिटी कम भएकाले उडान प्रभावित भएका छन् ।

प्रतिकूल मौसमका कारण आन्तरिक उडान स्थगन गरिएको त्रिआयाका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले बताए ।

एयरलाइन्स कम्पनीहरूले बुधबार धेरै गन्तव्यहरूमा आन्तरिक उडानहरू रद्द गरिएको बताए। सुर्खेतका दुई र तुम्लिङटारको एउटा उडान रद्द भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

त्यस्तै पोखराबाट भरतपुर र पोखरा–नेपालगञ्ज रुटका सबै उडान रद्द गरिएको छ । काठमाडौं–पोखरा उडान आंशिक रुपमा प्रभावित भए पनि दिउँसो सुचारु भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 August 2023
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने