अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित

अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित : Icon Khabar

काठमाडौं, भदौ ६ । बुधबारदेखि परेको अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । भिजिबिलिटी कम भएकाले उडान प्रभावित भएका छन् ।

प्रतिकूल मौसमका कारण आन्तरिक उडान स्थगन गरिएको त्रिआयाका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले बताए ।

एयरलाइन्स कम्पनीहरूले बुधबार धेरै गन्तव्यहरूमा आन्तरिक उडानहरू रद्द गरिएको बताए। सुर्खेतका दुई र तुम्लिङटारको एउटा उडान रद्द भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

त्यस्तै पोखराबाट भरतपुर र पोखरा–नेपालगञ्ज रुटका सबै उडान रद्द गरिएको छ । काठमाडौं–पोखरा उडान आंशिक रुपमा प्रभावित भए पनि दिउँसो सुचारु भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Published Date: 23 August 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड