बागमती प्रदेशमा ९३ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

बागमती प्रदेशमा ९३ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ : Icon Khabar

हेटौँडा, भदौ ६ । यो वर्षको साउन महिना सकिँदा बागमती प्रदेशमा ९३ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षभन्दा यो वर्ष यस प्रदेशमा वर्षे धानबाली हुने क्षेत्रफल भने घटेको छ ।

गत प्रदेशमा वर्षे धानबाली हुने कुल क्षेत्रफल एक लाख २० हजार ५६९ हेक्टर रहेकोमा यो वर्ष एक लाख १३ हजार ५२३ हेक्टर क्षेत्रफलमा वर्षे धानबाली खेती हुने बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।

यस प्रदेशमा यो वर्ष हालसम्ममा वर्षे धानले ढाकेको कुल क्षेत्रफल मध्ये एक लाख पाँच हजार ९६४ हेक्टर क्षेत्रफल अर्थात ९३.३४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले हालसम्म ललितपुर, भक्तपुर र काठमाडौँमा वर्षे धान खेतीले ढाकेको सबै क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको जानकारी दिए । रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ९० भन्दा कम प्रतिशत भागमा रोपाइँ भएको छ भने बाँकी जिल्लामा ९० प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको उहाँले जानकारी दिए।

काभ्रेपलाञ्चोकमा १० हजार १०८ हेक्टर, रामेछापमा सात हजार ८५९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । यस्तै ललितपुरमा चार हजार २११ हेक्टर, भक्तपुरमा तीन हजार ९७९ हेक्टर र काठमाडौँमा छ हजार १५ हेक्टरमा वर्षे धान हुने गरेको छ ।

प्रदेशको असारे धान रसुवामा एक हजार ९३ हेक्टर क्षेत्रफलमा हुने गरेकोमा एक हेक्टरमा साउन महिना सकिँदा रोपाइँ हुन बाँकी छ । उनका अनुसार पहाडी जिल्लाहरुमा गाईवस्तुमा लम्पी स्किन रोगको प्रकोपका कारण पनि धान रोपाइँमा ढिलाइ भएको हो ।

Published Date: 23 August 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता