बासी तेलको पुन: प्रयोग गर्दै हुनुहुन्छ ? सावधान

बासी तेलको पुन: प्रयोग गर्दै हुनुहुन्छ ? सावधान : Icon Khabar

काठमाडौँ, भदौ ६ । प्रयोग गरिसकेको तेललाई पुनः प्रयोग गर्दा तेल पहिलेको तुलनामा धेरै तीव्र रुपमा तातो हुन्छ । धेरैले घरमा पुरी वा पकौडा आदि तारेपछि बचेको तेलले तरकारी तथा अन्य खानेकुराहरु पकाउने गर्छन् । जसले मुटुसम्बन्धी समस्या ल्याउने एउटा ठूलो कारण बन्न सक्छ । आउनुहोस् जानौं बचेको तेलबाट पुनः भोजन बनाएर खाँदा हुने नोक्सानका बारेमा:

अक्सीडेशनको समस्या
बचेको तेललाई पुनः प्रयोग गर्नाले तेल अक्सीडेशनको समस्या हुन सक्छ । अक्सीडेशनको प्रक्रियामा तेल बासी हुन्छ, जसले गर्दा यसको गुणवत्ता, स्वाद तथा गन्ध तीनवटै चिज सकिन्छ ।

पौष्टिकता सकिन्छ
तेललाई पुनः तताएर प्रयोग गर्दा यसमा हुने पौष्टिक तत्वहरुको कमी हुन्छ । जसले गर्दा खानामा पाइने पोषक तत्व पनि कम हुन्छन्, जसले गर्दा शरीरलाई भरपूर पोषण मिल्दैन ।

गुड ट्रान्सफ्याटको समस्या

बचेको तेल पुनः खानामा प्रयोग गर्दा भोजनमा कैयौं त्यस्ता कम्पाउन्ड्स बन्न थाल्छन्, जो मुटुसम्बन्धी समस्याहरुको कारण बन्न सक्छ । तेलमा अक्सीडेशनको कारणले मुटुमा नकारात्मक असर पर्न सक्छ ।

खराब पाचनक्रिया
एकपटक पकाएर बचेको तेललाई पुनः प्रयोग गर्नाले ब्याक्टेरिया तथा माइक्रोअर्गानिज्म बढ्न सक्छ जसले पाचन प्रक्रियालाई खराब बनाउन सक्छ । यस्तो तेलको सेवनले पेटसँग जोडिएका समस्याहरु बढ्न सक्छन् जस्तै कब्जियत, अपच तथा ग्यास आदि ।

मुटुसम्बन्धी समस्या

बचेको तेलबाट फेरि खाँदा त्यहाँ भएका कम्पाउन्डहरु खराब तत्वमा परिणत हुन्छन् । जसले मुटुसम्बन्धी समस्याहरु ल्याउन सक्ने सम्भावना हुन्छ । यस्तो तेलको निरन्तर प्रयोगले स्वास्थ्यमा गम्भीर समस्याहरु पनि देखिन सक्छन् ।

Published Date: 23 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी