बासी तेलको पुन: प्रयोग गर्दै हुनुहुन्छ ? सावधान

बासी तेलको पुन: प्रयोग गर्दै हुनुहुन्छ ? सावधान : Icon Khabar

काठमाडौँ, भदौ ६ । प्रयोग गरिसकेको तेललाई पुनः प्रयोग गर्दा तेल पहिलेको तुलनामा धेरै तीव्र रुपमा तातो हुन्छ । धेरैले घरमा पुरी वा पकौडा आदि तारेपछि बचेको तेलले तरकारी तथा अन्य खानेकुराहरु पकाउने गर्छन् । जसले मुटुसम्बन्धी समस्या ल्याउने एउटा ठूलो कारण बन्न सक्छ । आउनुहोस् जानौं बचेको तेलबाट पुनः भोजन बनाएर खाँदा हुने नोक्सानका बारेमा:

अक्सीडेशनको समस्या
बचेको तेललाई पुनः प्रयोग गर्नाले तेल अक्सीडेशनको समस्या हुन सक्छ । अक्सीडेशनको प्रक्रियामा तेल बासी हुन्छ, जसले गर्दा यसको गुणवत्ता, स्वाद तथा गन्ध तीनवटै चिज सकिन्छ ।

पौष्टिकता सकिन्छ
तेललाई पुनः तताएर प्रयोग गर्दा यसमा हुने पौष्टिक तत्वहरुको कमी हुन्छ । जसले गर्दा खानामा पाइने पोषक तत्व पनि कम हुन्छन्, जसले गर्दा शरीरलाई भरपूर पोषण मिल्दैन ।

गुड ट्रान्सफ्याटको समस्या

बचेको तेल पुनः खानामा प्रयोग गर्दा भोजनमा कैयौं त्यस्ता कम्पाउन्ड्स बन्न थाल्छन्, जो मुटुसम्बन्धी समस्याहरुको कारण बन्न सक्छ । तेलमा अक्सीडेशनको कारणले मुटुमा नकारात्मक असर पर्न सक्छ ।

खराब पाचनक्रिया
एकपटक पकाएर बचेको तेललाई पुनः प्रयोग गर्नाले ब्याक्टेरिया तथा माइक्रोअर्गानिज्म बढ्न सक्छ जसले पाचन प्रक्रियालाई खराब बनाउन सक्छ । यस्तो तेलको सेवनले पेटसँग जोडिएका समस्याहरु बढ्न सक्छन् जस्तै कब्जियत, अपच तथा ग्यास आदि ।

मुटुसम्बन्धी समस्या

बचेको तेलबाट फेरि खाँदा त्यहाँ भएका कम्पाउन्डहरु खराब तत्वमा परिणत हुन्छन् । जसले मुटुसम्बन्धी समस्याहरु ल्याउन सक्ने सम्भावना हुन्छ । यस्तो तेलको निरन्तर प्रयोगले स्वास्थ्यमा गम्भीर समस्याहरु पनि देखिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 August 2023
Website | + posts