भरतपुरमा आज बिद्युत सेवा अबरुद्ध हुने

भरतपुरमा आज बिद्युत सेवा अबरुद्ध हुने : Icon Khabar

चितवन, भदौ ६ । भरतपुरका केही स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ।

भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोक देखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा बुधबार दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो। विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।

११ केभि भृकुटी फिडरको क्यान्सर अस्पतालदेखि दक्षित तर्फ विद्युत सेवा अनियमिता हुने पौडेलले बताए।

हाकिम चोकदेखि गितानगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डमा पर्ने पोल सार्न लागिएको हो। यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 August 2023
Website |  + posts






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न