पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक : Icon Khabar

काठमाडौं, भदौ ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । लामो समयदेखि पक्षाघातले थलिएका उनका बुबा हर्कबहादुर राईको आज उपचारका क्रममा निधन भएको हो ।

आमापछि बुबाले समेत छोडेर जाँदा आफूहरू टुहुरो बनेको मन्त्री किरातीले बताएका छन् । ‘भखरै बुबाले छाडेर जानुभयो ! आमाले त पहिला नै छाडी जानु भो ! उप्रान्त बुबा आमा रहनु भएन । आजबाट हामी पूर्ण रुपमा टुहुरा भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन । सारा नेपाली मेरो आमा बुबा हुन् बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु । हार्दिक श्रध्दाञ्जलि बुवा !’ मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 August 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने