पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक : Icon Khabar

काठमाडौं, भदौ ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । लामो समयदेखि पक्षाघातले थलिएका उनका बुबा हर्कबहादुर राईको आज उपचारका क्रममा निधन भएको हो ।

आमापछि बुबाले समेत छोडेर जाँदा आफूहरू टुहुरो बनेको मन्त्री किरातीले बताएका छन् । ‘भखरै बुबाले छाडेर जानुभयो ! आमाले त पहिला नै छाडी जानु भो ! उप्रान्त बुबा आमा रहनु भएन । आजबाट हामी पूर्ण रुपमा टुहुरा भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन । सारा नेपाली मेरो आमा बुबा हुन् बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु । हार्दिक श्रध्दाञ्जलि बुवा !’ मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।

Published Date: 23 August 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न