ग्लोबल मार्क एजुकेशनले अस्ट्रेलियाका विशेषज्ञहरुको उपस्थितिमा “फ्री ग्राण्ड सेमिनार” आयोजना गर्ने

ग्लोबल मार्क एजुकेशनले अस्ट्रेलियाका विशेषज्ञहरुको उपस्थितिमा “फ्री ग्राण्ड सेमिनार” आयोजना गर्ने : Icon Khabar

ललितपुर, भदौ २ । ग्लोबल मार्क एजुकेशन एण्ड भिजा सर्भिसले “फ्री ग्राण्ड सेमिनार” को आयोजना गर्ने भएको छ। आगामी अगस्ट २३ तारिख बुधबारका दिन ललितपुरको कुमारीपाटीमा अवस्थित ग्लोबल मार्कको कार्यालयमा सो सेमिनार हुन लागेको हो।

अस्ट्रेलियामा गएर अध्ययन गर्ने बारे, त्यहाँ गएर काम गर्न र माइग्रेशनका विषयमा हुने सो कार्यक्रममा अस्ट्रेलियाका विशेषज्ञहरुलाई पनि भेट्ने अवसर दिइनेछ। सो सेमिनार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछ। कार्यक्रममा उपस्थित हुनेका लागि छात्रवृत्तिको पनि व्यवस्था रहेको छ।

अस्ट्रेलियामा गई अध्ययन गर्न, काम गर्न र माइग्रेशन हुन चाहने इच्छुक व्यक्तिले उक्त सेमिनारमा भाग लिई आवश्यक परामर्श लिनका लागि पनि उक्त कम्पनीले आह्वान गरेको छ।

ग्लोबल मार्क एजुकेशन एण्ड भिजा सर्भिसले विगत १६ बर्षदेखि यस क्षेत्रमा लामो अनुभव बटुल्दै आएको छ। यस कार्यक्रम सम्बन्धि थप जानकारी उक्त कार्यालयको टेलिफोन नं ०१ – ५९१०३५० मा सम्पर्क गर्न सकिनेछ अथवा कुमारीपाटी, ललितपुरमा अवस्थित कार्यालयमा गएर आवश्यक परामर्श पनि लिन सकिने कम्पनीका प्रमुख अरुण चित्रकारले जानकारी दिए।

Published Date: 19 August 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु