मकवानपुरको उत्तरी क्षेत्रस्थित दामनको ऋषेश्वर महादेव (फोटो फिचर)

मकवानपुरको उत्तरी क्षेत्रस्थित दामनको ऋषेश्वर महादेव   (फोटो फिचर) : Icon Khabar
फोटो : अल्बर्ट बज्राचार्य

मकवानपुर, भदौ २ । मकवानपुरको उत्तरी क्षेत्रस्थित दामनको ऋषेश्वर क्षेत्र धार्मिक सहिष्णुताको उदाहरण बनेको छ । हिन्दु र बुद्ध धर्मावलम्बीहरूले आ–आफ्नो आस्था अनुसार यहाँ पूजा गर्छन् । भाकल भाक्छन् र पुरा भएको भन्दै धन्यवाद दिन आउँछन् ।

हिन्दु धर्मावलम्बीले यसलाई ऋषेश्वर महादेव र बौद्धमार्गीले पद्यसम्भव (छिमि झ्याङछुप) का रूपमा यहाँ पूजा गर्दै आएका छन् ।

फोटो : अल्बर्ट बज्राचार्य

काठमाडौँबाट ८० किलोमिटर दुरीमा पर्ने दामन मकवानपुरको उत्तरी क्षेत्रमा पर्छ । त्रिभुवन राजपथमा पर्ने उक्त मन्दिर सडकबाट एक किलोमिटरको दुरीमा छ । पैदल यात्रुलाई सडकबाट ३० मिनेट लाग्छ ।सडकखण्डबाट जङ्गलको बिच बाटो हुँदै मन्दिर पुग्न सकिन्छ । पैदल यात्राका लागि बाटोमा सिँढी बनाइएको छ । पैदलयात्रीलाई बाटोको चिसो पानीले थप ऊर्जा दिन्छ ।

लुम्बिनी विश्वविद्यालयका बुद्धिजम तथा पिस स्टडिजका उपप्राध्यापक पुष्पबहादुर गुरुङका अनुसार सातौँ शताब्दीमा पद्यसम्भव काठमाडौँ हुँदै चीन जाने क्रममा दामन र फर्पिङमा बसेर गएको विश्वास गरिन्छ ।

फोटो : अल्बर्ट बज्राचार्य

‘हिन्दु र बौद्धमार्गीबीचमा धार्मिक सहिस्णुता रहेका कारण नै दुवै धर्मावलम्बीहरूको संयुक्त मन्दिर रहेको हो’ उनी भन्छन्, ‘यो गुफालाई हिन्दु धर्मावलम्बीले भन्दा पनि बुद्धिस्टहरुले बढी मान्ने गरेका छन् । यो गुफालाई दुवै धर्मको तिर्थस्थलका रूपमा लिन सकिन्छ ।’

यसलाई बुद्धिष्ट लामाहरूले छिमि झ्याङछुप गुफा भनेर चिन्दछन् । गुफाको बारेमा पुराना कृति तथा आधिकारिक दस्ताबेजहरू नभेटिए पनि लामाहरू टाढा टाढाबाट आएर लोसुम धोसुम (तीन वर्ष तीन महिना)को तपस्यामा बस्ने गर्छन् । लामाहरू तीन वर्ष तीन महिनासम्म पनि यहाँ तपस्या गर्छन् ।

फोटो : अल्बर्ट बज्राचार्य

‘गुफामा पद्यसम्भवको आकृति छ । पद्यसम्भव गुरु आएर यहाँ ध्यान गर्न बस्नु भएको थियो रे’ लामा गुरु निमा लामा भन्छन्, ‘उहाँ बसेको स्थानमा उहाँकै आकृति बनेको छ । यो आकृतिलाई हिन्दु र बौद्ध दुवै थरीले पूजापाठ गर्ने गर्छन् ।’

पद्मसंभवले तपस्या गर्ने क्रममा पानीको अभाव भएपछि ध्यान गरेर पानी निकालेको समेत बताइन्छ । त्यही पानी अझैसम्म प्रयोगमा रहेको स्थानीय किंवदन्ती छ । त्यही पानीमा नुहाएर चित्त शुद्ध गरेपछि मनले मागेको पुरा हुने तिर्थयात्री बताउँछन् ।

‘हाम्रो छोरी मात्रै थियो । छोराको लागि यहाँ आएर भाकल गरेका थियौ, भाकल पूरा भयो’ छोरा र छोरीसँगै मन्दिरमा हेटौडाबाट आएका एक तिर्थयात्री भन्छन्, ‘भाकल पूरा भयो । भाकल पूरा भएकोले बच्चा देखाउन यहाँ आएका हौँ ।’

यसरी कतिपय आफ्नो मनोकांक्ष पुरा हुने आशामा त कतिपय भाकल पुरा भएको भन्दै धन्यवाद दिन आउनेहरू यहाँ भेटिन्छन् । यो क्षेत्रले धार्मिक सहिष्णुताको उदाहरण मात्र दिएको छैन, तिर्थालुको मनोकांक्ष पनि पुरा गरिरहेको छ ।

फोटो : अल्बर्ट बज्राचार्य

पुग्ने कसरी ?
काठमाडौँबाट ८० किलोमिटरको दुरीमा रहेको दामनको ऋषीश्वर क्षेत्रमा गाडीबाट झरेर आधा घण्टाको पैदल यात्रामा पुगिन्छ । बाटो जंगलबीचमा भए पनि साना खोला, झर्ना हुँदै जाने भएकोले बाटो शीतल छ । मोटर बाटोबाट एक किलोमिटरको दुरीमा छ ।

फोटो : अल्बर्ट बज्राचार्य

Published Date: 19 August 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता