उपत्यकाभित्र जारको पानी बढीमा ४७ रुपैयाँसम्म, बोतलको पानी प्रतिबोतल १६ रुपैयाँसम्म लिनुपर्ने

बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुने

उपत्यकाभित्र जारको पानी बढीमा ४७ रुपैयाँसम्म, बोतलको पानी प्रतिबोतल १६ रुपैयाँसम्म लिनुपर्ने : Icon Khabar

काठमाडौँ, साउन ३२ । नेपाल बोटल वाटर उद्योग संघले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै बढी शुल्क नलिन व्यवसायीको ध्यानाकर्षण गरेको हो ।

संघका अध्यक्ष धुव्र गौतमले विचौलियाका कारण आम उपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै संघले बजार अनुगमलाई तीव्रता पार्न खोजेको बताए । ‘उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल १६ रुपैयाँसम्म र उपत्यका बाहिर जारको पानीमा ६० रुपैयाँसम्म र बोतलको पानीमा प्रतिबोतल २० रुपैँयासम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुन्छ,’ उनले भने ।

संघले पानीको बजार अनुगमन गर्नका लागि अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको छ ।

उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे नराखेको, ट्रेडमार्क मिस्युज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ । यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ ।

नेपालबाट आर्थिक वर्ष २०७९/८० मा मात्र ६० करोड रुपैयाँ मूल्य बराबरको पानी विदेश निर्यात भएको संघले जनाएको छ । हाल काठमाडौँ उपत्यकाभित्र झण्डै २०० र देशभर ५०० भन्दा बढी पानी उद्योग रहेका छन् ।

Published Date: 17 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी