ब्याडमिन्टन एशिया क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ भोलीबाट सुरू हुने

ब्याडमिन्टन एशिया क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ भोलीबाट सुरू हुने : Icon Khabar

काठमाडौँ, साउन ३२ । ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ भोली भाद्र १ गते देखि हुने भएको छ ।

अल्पबिकसित राष्ट्रहरुमा ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले ब्याडमिन्टन एशियाले संचालन गर्ने प्रतियोगितामा यु–१५ र यु–१७ गरि दुई क्याटेगोरीमा हुने स्पर्धामा छात्र एकल, छात्रा एकल, छात्र युगल, छात्रा युगल र मिक्स गरि ५÷५ विधा र छात्र तथा छात्राको टिम च्याम्पियनसिप गरि १२ विधामा प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

नेपाल एपिएफको हलचोकस्थित कभर्डहलमा हुने प्रतियोगिता नेपाल लगायत भुटान, श्रीलङका, बंगलादेश, मालदिभ्स र पाकिस्तान गरि ६ राष्ट्रका कुल ५२ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । जसमा छात्र तथा छात्रा तर्फ गरि २६÷२६ खेलाडीहरु रहेका छन् । प्रत्येक राष्ट्रबाट ८÷८ खेलाडी तथा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । आयोजकको हैसियतले नेपाली खेलाडीहरुले एक विधामा ३ खेलाडीले स्पर्धा गर्न पाउनेछन् भने अन्य राष्ट्रबाट २ खेलाडीले स्पर्धा गर्न पाउनेछन् ।

यो प्रतियोगिता ओलम्पिक छात्रबृत्तीका लागि खेलाडी छनोटको आधार समेत रहेको र प्रत्येक देशबाट एक महिला र एक पुरष खेलाडी छनौट गरि मलेसियामा आयोजना हुने ओलम्पिक छात्रबृत्ती प्रतियोगितामा स्पर्धा पश्चात छात्रबृत्तीको लागि खेलाडी छनौट हुने ब्याडमिन्टन एशियाका बिकास ब्यवस्थापक सामबेन्थन शिभपेरुमलले पत्रकार सम्मेलनमा जानकारी गराए ।

अर्का बिकास ब्यवस्थापक थानाबालन अरिकृष्णनले एशियामा ब्याडमिन्टनको विकास र विस्तार गर्न के कस्ता कार्यक्रमहरु हुनु पर्ने भन्ने छलफल र महिलालाई ब्याडमिन्टनमा आकर्षण गर्ने कार्यक्रम तर्जुमा गर्नका लागि ब्याडमिन्टन एशियाले यो कार्यक्रम संचालन गरेको बताए ।

ब्याडमिन्टन एशियाले एशियाका अल्पबिकसित राष्ट्रहरुलाई चार क्षेत्रमा विभाजन गरेर कार्यक्रम आयोजना गर्न लागिएको ब्याडमिन्टन एशियाका कार्यक्रम ब्यवस्थापक एजी यिन मुनले जानकारी गराईन् । जसमा प्रतियोगिताका साथै साउथ एशिया लिडर्स डिभलपमेन्ट मिटिङ्ग, साउथ एशिया उमेन्स् इन ब्याडमिन्टन वर्कसप, साउथ एशिया रिजनल अमपायर कोर्स र साउथ एशिया जुनियर ट्रेनिङ्ग क्याम्प रहेका छन् ।

कार्यक्रमका लागि ब्याडमिन्टन एशियाका बिकास समितका चेयरम्यान वाजीद अली चौधरी पनि नेपाल आउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 August 2023
Website | + posts




ताजा
पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक
बागमती प्रदेशमा आइतबार गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा
‘सुख–दुःख’ मा अभिनेत्री विपना थापा अनुवन्धित
गोर्खा इको प्यानलको मनसुन अफर : अब प्रति स्क्वायर फिटको प्रीफ्याब इको प्यानल मात्र रू १४५ मा




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण