सोल्टी होटलको नाफा अघिल्लो वर्षको भन्दा ८३.४०% ले बढ्यो

सोल्टी होटलको नाफा अघिल्लो वर्षको भन्दा ८३.४०% ले बढ्यो : Icon Khabar

काठमाडौं, साउन ३२ । सोल्टी होटलले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ८३.४०% ले धेरै हो ।

अघिल्लो वर्षको सोही अवधिमा यो होटलले २९ करोड ७२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । असार मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल २ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ६४.२७% ले धेरै हो । अघिल्लो वर्ष होटलले १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएकोले नाफा बढ्न पुगेको छ । यता, आम्दानी बढेसँगै सोल्टीले ६८ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष यसले ३३ करोड ३७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा १ अर्ब २१ करोड रुपैयाँ छ ।

अघिल्लो वर्ष यसको रिजर्भ कोषमा ८८ करोड ६७ लाख रुपैयाँ मात्र रहेको थियो । सोल्टी होटलको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ६८ पैसा रहेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ५२ पैसा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 August 2023
Website | + posts




ताजा
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने