कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने : Icon Khabar

भक्तपुर, साउन ३० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्राविधिक कारणले मात्रै नतिजा स्थगित हुने सम्भावना रहेकाले आज साँझसम्म नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

परीक्षामा देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट जम्मा चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढीले ग्रेड सुधारका लागि परीक्षा दिएका छन् । विद्यार्थीले प्रत्येक विषयको लागि सैद्धान्तिकमा न्यूनतम ३४ प्रतिशत अंक प्राप्त गरेमा ग्रेड पाना उपलब्ध हुन्छ।

गत वर्ष मात्र ४९ प्रतिशत विद्यार्थीले ग्रेडसिट पाउन योग्य थिए ।

बोर्डका अनुसार नतिजा यसको आधिकारिक वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्महरू मार्फत पहुँच गर्न सकिनेछ। नतिजा हेर्न बोर्डको वेबसाइट www.neb.gov.np वा नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा जान अनुरोध गरिन्छ।

त्यसैगरी १६०० डायल गरेर वा नेपाल टेलिकमको १६०१ मा टेक्स्ट म्यासेज गरेर पनि नतिजा प्राप्त गर्न सकिनेछ ।

Published Date: 15 August 2023


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली