कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, सतर्क रहन प्रशासनको आग्रह

सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, सतर्क रहन प्रशासनको आग्रह : Icon Khabar

सुनसरी, साउन २९ । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । आज (सोमबार) बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जानकारी दिएको छ ।

पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह समेत गरेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) अवस्थित रहेको छ । यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ । हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।

Published Date: 14 August 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक