जनमतकी साहले आज मन्त्रीको शपथ लिँदै

जनमतकी साहले आज मन्त्रीको शपथ लिँदै : Icon Khabar

काठमाडौं, साउन २९ । जनमत पार्टीकी सांसद अनितादेवी साहलाई आज (सोमबार) बिहान शपथ गराउने तयारी गरिएको छ । साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मोदीलाई फिर्ता बोलाएपछि साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

साहलाई सोमबार बिहान १० बजे शपथ गराउने कार्यक्रम रहेको शर्माले जानकारी दिइन् । जनमतले एक महिनाअघि नै प्रधानमन्त्रीलाई मन्त्री बनाउन नाम पठाए पनि आइतबार मात्र यसबारे निर्णय गरिएको हो ।
Published Date: 14 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग