जनमतकी साहले आज मन्त्रीको शपथ लिँदै

जनमतकी साहले आज मन्त्रीको शपथ लिँदै : Icon Khabar

काठमाडौं, साउन २९ । जनमत पार्टीकी सांसद अनितादेवी साहलाई आज (सोमबार) बिहान शपथ गराउने तयारी गरिएको छ । साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । मोदीलाई फिर्ता बोलाएपछि साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

साहलाई सोमबार बिहान १० बजे शपथ गराउने कार्यक्रम रहेको शर्माले जानकारी दिइन् । जनमतले एक महिनाअघि नै प्रधानमन्त्रीलाई मन्त्री बनाउन नाम पठाए पनि आइतबार मात्र यसबारे निर्णय गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ