चेल्सी र लिभरपुलको रोमान्चक बराबरी

चेल्सी र लिभरपुलको रोमान्चक बराबरी : Icon Khabar

काठमाडौं, साउन २९ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको चेल्सी र लिभरपुल बीचको खेल रोमान्चक बराबरीमा सकिएको छ ।

निकै आक्रमक रणनीतिमा देखिएका चेल्सी र लिभरपुलको खेल १-१ को बराबरीमा टुंगियो । लिभरपुलले खेलमा सुरुवाती अग्रता लिँदै पकड जमाएपनि जित दर्ता गर्न सकेन । चल्सीले पनि अन्त्यतिर जित निकाल्ने अवसर सदुपयोग गर्न सकेन ।

१८ अ‍ौं मिनेटमा लुइस डियाजले लिभरपुललाई अघि बढाएका थिए । मोहमद सलाहको सुन्दर पासमा उनले पहिलो टचमै गोल गरेका थिए ‌। २९ अ‍ौं मिनेटमा सलाह आफैंले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिएको थियो ।

३७ अ‍ौं मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो । डेब्यु गरिरहेका डिफेन्डर एक्सेल डिसासीले चेल्सीका लागि गोल गरे । फ्रान्सेली डिफेन्डरले क्लियर हुन नसकेको फ्रिकिकमा ६ यार्ड बक्स भित्रबाट गोल गरे ।

त्यसको दुई मिनेटमै बेन चिलवेलले गरेको गोल भिएआरले मान्यता नदिँदा चेल्सी अघि बढ्न पाएन । चेल्सीले त्यसपछि खेलमा पकड जमाएपनि निकोलस ज्याक्सनले पटक पटक लिभरपुलका गोलरक्षक एलिसनलाई बिट गर्न सकेनन् ।

त्यसअघि टोटेनहम हट्सपर र ब्रेन्टफर्डको खेल २-२ को बराबरीमा सकिएको थियो । टोटेनहमले क्रिस्टियन रोमेरोको गोलमा अग्रता लिएको थियो ।

तर ब्रायन एमब्वेमोले पेनाल्टी र जोआन विसाले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा एमर्सन रोयलले खेल बराबरी गरे । –एजेन्सी

Published Date: 14 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न