चेल्सी र लिभरपुलको रोमान्चक बराबरी

चेल्सी र लिभरपुलको रोमान्चक बराबरी : Icon Khabar

काठमाडौं, साउन २९ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको चेल्सी र लिभरपुल बीचको खेल रोमान्चक बराबरीमा सकिएको छ ।

निकै आक्रमक रणनीतिमा देखिएका चेल्सी र लिभरपुलको खेल १-१ को बराबरीमा टुंगियो । लिभरपुलले खेलमा सुरुवाती अग्रता लिँदै पकड जमाएपनि जित दर्ता गर्न सकेन । चल्सीले पनि अन्त्यतिर जित निकाल्ने अवसर सदुपयोग गर्न सकेन ।

१८ अ‍ौं मिनेटमा लुइस डियाजले लिभरपुललाई अघि बढाएका थिए । मोहमद सलाहको सुन्दर पासमा उनले पहिलो टचमै गोल गरेका थिए ‌। २९ अ‍ौं मिनेटमा सलाह आफैंले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिएको थियो ।

३७ अ‍ौं मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो । डेब्यु गरिरहेका डिफेन्डर एक्सेल डिसासीले चेल्सीका लागि गोल गरे । फ्रान्सेली डिफेन्डरले क्लियर हुन नसकेको फ्रिकिकमा ६ यार्ड बक्स भित्रबाट गोल गरे ।

त्यसको दुई मिनेटमै बेन चिलवेलले गरेको गोल भिएआरले मान्यता नदिँदा चेल्सी अघि बढ्न पाएन । चेल्सीले त्यसपछि खेलमा पकड जमाएपनि निकोलस ज्याक्सनले पटक पटक लिभरपुलका गोलरक्षक एलिसनलाई बिट गर्न सकेनन् ।

त्यसअघि टोटेनहम हट्सपर र ब्रेन्टफर्डको खेल २-२ को बराबरीमा सकिएको थियो । टोटेनहमले क्रिस्टियन रोमेरोको गोलमा अग्रता लिएको थियो ।

तर ब्रायन एमब्वेमोले पेनाल्टी र जोआन विसाले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा एमर्सन रोयलले खेल बराबरी गरे । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2023
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने