एमालेको विरोधका कारण आज पनि प्रतिनिधिसभाको बैठक स्थगित

एमालेको विरोधका कारण आज पनि प्रतिनिधिसभाको बैठक स्थगित : Icon Khabar

काठमाडौँ, साउन २६ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गरेपछि स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए। सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे।

सांसद साह बोल्दाबोल्दै सत्तापक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको उल्लेख सांसद साहलाई बस्न आग्रह गरे। सभामुखले नियमको पालना गर्न र सबैलाई सिटमा बस्न आग्रह गरे। सभामुखले सबैले पालैपालो समय पाउने विषयमा ध्यानाकर्षण गराए।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर नाराबाजी र विरोधका कारण सदन चल्न नसकेपछि सभामुख घिमिरले बैठक स्थगित भएको जानकारी गराए।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २९ गते सोमबार १ बजे बस्नेछ ।

Published Date: 11 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी