भक्तपुरमा खुल्ला टेबुल टेनिस प्रतियोगिता सम्पन्न, विजयी खेलाडीलाई नगद पुरस्कार प्रदान

भक्तपुरमा खुल्ला टेबुल टेनिस प्रतियोगिता सम्पन्न, विजयी खेलाडीलाई नगद पुरस्कार प्रदान : Icon Khabar

भक्तपुर, साउन २६ । न्यातापोल कर्नर टीमको ४० औं स्थापना दिवसका अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम र खुल्ला टेबुल टेनिस प्रतियोगिताकोे फाइनल र पुरस्कार वितरण समारोह सम्पन्न भयो।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृतिलाई बिशेष महत्व दिनै आएको, आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यटन बिकासमा जोड दिदै आएको बताए। कला, संस्कृति र पर्यटनको बिकास संगै खेलकुदको माध्यमबाट भक्तपुरलाई पहिचान दिलाउने उद्देश्यले पूर्वाधार निर्माणमा समेत बिशेष जोड दिनै आएको बताए।

भक्तपुर नगरपालिकाले वडा नं. १० बेखाल स्थित टेबुल टेनिस कभर्ड हल निर्माण पनि अन्तिम चरणमा पुगेको पनि अवगत गराए । मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले हरेक बर्ष बिभिन्न खेलको अन्तर नगर प्रतियोगिता आयोजना गर्ने गरेको र यस्ले खेलाडीलाई उत्साहित पार्ने बताए।

न्यातापोल कर्नर टीमका अध्यक्ष शिव सुन्दर गोथेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेल, टीमका सल्लाहकार शिवनारायण गोथे, राजाराम चवाल, उपाध्यक्ष मुक्तिसुन्दर जधारी र सचिव रोशन धौभडेलले पनि बोलेका थिए।

सोही दिन सम्पन्न खुल्ला टेबुल टेनिस प्रतियोगिताको पुरुष एकल फाइनलमा ससस्त्र प्रहरीका राजिव चिकंबन्जार (भ.न.पा. १० वडा खेलकुद समिति) ले रजोजमान थकु (भक्तपुर बहुमुखी क्याम्पस) लाई ११–७, १३–११, ११–६ को सोझो सेटमा पराजित गरि प्रथम स्थान हासिल गरेका छन् । सुमेध प्रधान (भ.न.पा. १० वडा खेलकुद समिति) र श्रीजल सुवाल (भ.न.पा. २ वडा खेलकुद समिति) ले तृतीय स्थान हासिल गरे ।

त्यसैगरी महिला खुल्ला स्पार्धामा दिया देउला (मोर्डन कलेज) ले क्यारिना सुवाल (भ.न.पा. २ वडा खेलकुद समिति) लाई ११–९, ११–७, ११–८ को सोझो सेटमा पराजित गरि प्रथम स्थान हासिल गरेका छन् । नर्मदा खाइतु (प्रोक्सिमा इन्टरनेसनल एकेडेमी) र प्रदिपा सुवाल (भ.न.पा. २ वडा खेलकुद समिति) ले तृतीय स्थान हासिल गरे ।

मेन्स सिंगल (३५ बर्ष माथि) मा कृष्णसुन्दर खाइतु (न्यातापोल कर्नर टीम) ले जीवन गोसाई ( होटल सेन्ट्रल भक्तपुर ) लाई ११–६, ११–७, ७–११, ११–७ मा पराजित गरि प्रथम स्थान हासिल गरेका छन् । रबिन धौभडेल, बिष्णुराम न्हुछे ( न्यातापोल कर्नर टीम) ले तृतीय स्थान हासिल गरे । मेन्स डबल्समा जीवन गोसाई र कृष्णगोबिन्द सिल्पकार (होटल सेन्ट्रल भक्तपुर) को जोडीले रबिन धौभडेल र बिष्णुराम न्हुछे (न्यातापोल कर्नर टीम) को जोडीलाई ११–७, ११–६, ७–११, ११–८ को सेटमा पराजित गरि प्रथम स्थान हासिल गरेका छन् ।

कृष्णसुन्दर खाइतु, रत्नसुन्दर खाइतु (न्यातापोल कर्नर टीम) र संजीव किवानायो, बिक्रम जधारी (हेल्डी फुटसल) ले तृतीय स्थान हासिल गरे । प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका निरु गाइजूले राइजिङ्ग खेलाडीको पुरस्कार प्राप्त गरे । बिजयी खेलाडीलाई प्रमाण पत्र, मेडल, सिल्ड र नगद पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट