प्रधानमन्त्री दाहालद्वारा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन छलफल

प्रधानमन्त्री दाहालद्वारा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन छलफल : Icon Khabar

काठमाडौं, साउन २६ । श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा आज बिहान सरोकारवालाको बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले भोग्नुपरेका समस्या, श्रम बजार व्यवस्थापनलगायतका विषयमा सरोकारवालाहरूले छलफल गरेका थिए ।

उनीहरुबीच वैदेशिक रोजगारी, स्वरोजगार र अनौपचारिक क्षेत्रमा लागेकालाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने विषयमा समेत छलफल भएको थियो । भदौ १६ गते यस सम्बन्धि एक कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले भोग्नुपरेका समस्याबारे अध्ययन गरी दिगो रूपमा समाधान गर्ने उपाय खोजी आगामी बैठकमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

साथै सरकार प्रमुखले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको हित र वैदेशिक रोजगारीलाई थप मर्यादित र सुरक्षित बनाउने उपायमा लाग्न निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्य सचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता थियो ।

Published Date: 11 August 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु