संसदमा जारी गतिरोधप्रति राष्ट्रपति पौडेलद्वारा चासो व्यक्त

संसदमा जारी गतिरोधप्रति राष्ट्रपति पौडेलद्वारा चासो व्यक्त : Icon Khabar

काठमाडौं, साउन २६ । संसदमा जारी गतिरोधप्रति राष्ट्रपति रामचन्द्र पौडेलले चासो व्यक्त गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शीतलनिवासमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा संसद्भित्रको गतिरोधबारे चासो व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले गतिरोध हटाउनका लागि भइरहेको पहलबारे जिज्ञासा राख्दै लामो समयसम्म संसद् चल्न नसके जनतामा भ्रम पैदा हुने र कानून निर्माण प्रक्रियामा समेत बाधा पुग्ने बताए ।

सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण पनि राष्ट्रपति पौडेलले गतिरोध हटाउन र संसद्को काम कारवाही सुचारु गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

नेकपा एमालेले एक सय केजी सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संघीय संसदको बैठक अवरुद्ध गर्दै आएको छ ।

Published Date: 11 August 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु