संसदमा जारी गतिरोधप्रति राष्ट्रपति पौडेलद्वारा चासो व्यक्त

संसदमा जारी गतिरोधप्रति राष्ट्रपति पौडेलद्वारा चासो व्यक्त : Icon Khabar

काठमाडौं, साउन २६ । संसदमा जारी गतिरोधप्रति राष्ट्रपति रामचन्द्र पौडेलले चासो व्यक्त गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शीतलनिवासमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा संसद्भित्रको गतिरोधबारे चासो व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले गतिरोध हटाउनका लागि भइरहेको पहलबारे जिज्ञासा राख्दै लामो समयसम्म संसद् चल्न नसके जनतामा भ्रम पैदा हुने र कानून निर्माण प्रक्रियामा समेत बाधा पुग्ने बताए ।

सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण पनि राष्ट्रपति पौडेलले गतिरोध हटाउन र संसद्को काम कारवाही सुचारु गर्न आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।

नेकपा एमालेले एक सय केजी सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संघीय संसदको बैठक अवरुद्ध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2023
Website | + posts