एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा हुने

नेपालले अगस्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्ने

एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा हुने : Icon Khabar

काठमाडौं, साउन २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ। एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई एसिया कपअघि नेपाली टोलीलाई पाकिस्तानमा अभ्यासको व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो । क्यानको अनुरोधमा पीसीबीले नेपाललाई तयारीको अवसर दिएको हो ।

नेपाली टोली भदौ ५ गते पाकिस्तान जाने र ९ गतेसम्म कराँचीमा प्रशिक्षणसहित केही अभ्यास खेल पनि खेल्ने बताइएको छ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । नेपालले अगस्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

Published Date: 10 August 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक