वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको मृत्यु भए परिवारलाई १० लाख रुपैयाँ सरकारले दिने

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको मृत्यु भए परिवारलाई १० लाख रुपैयाँ सरकारले दिने : Icon Khabar

काठमाडौं, साउन २५ । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्डमार्फत श्रमिकलाई थप सुविधा दिने निर्णय गरेको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको ‘वैदेशिक रोजगारी व्यवस्थापनमा पत्रकारसँगको छलफल’ विषयक कार्यक्रममा सहसचिव राजीव पोखरेलले मोलेसले आफ्नो कामलाई थप प्रभावकारी बनाउन हालैका प्रयासहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले वैदेशिक रोजगार बोर्डमार्फत वैदेशिक रोजगारीमा जाने कामदारलाई दिने सेवा सुविधामा बृद्धि भएको बताए ।

पोखरेलले विदेशमा नेपाली कामदारको मृत्यु भएमा रु ७ लाखलाई बढाएर रु १० लाख पुर्याउने पत्रमा उल्लेख छ ।

त्यसैगरी बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी कामदारको स्वास्थ्य परीक्षण गर्नुका साथै विभिन्न देशमा मनोसामाजिक परामर्श र स्वास्थ्य परीक्षण शिविरसमेत सञ्चालन गर्नेछ । सरकारले ठगी नियन्त्रणका लागि पहललाई तीव्रता दिई सामाजिक सुरक्षा कोष सेवा विस्तार गरिनेछ ।

कार्यक्रममा सचिव केवलप्रसाद भण्डारीले सही सूचना प्रवाह र जालसाजी नियन्त्रणका माध्यमबाट वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन केन्द्रित रहेको बताए ।

‘नेपालीलाई वैदेशिक रोजगारीमा नपठाउने प्रश्न नै छैन । यस सम्बन्धमा देखिएका समस्यालाई व्यवस्थित र सुरक्षित गर्ने र समाधान गर्नेतर्फ मन्त्रालय केन्द्रित छ,’ उनले भने । सचिव भण्डारीले सूचनाको अभावका कारण वैदेशिक रोजगारीमा जानेहरु ठगी हुने गरेकाले ठगीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न विभिन्न सञ्चारमाध्यमबाट जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

Published Date: 10 August 2023




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक