अभिनेत्री पूजा शर्मा आफ्नो नयाँ रेस्टुरेन्ट “ट्याग” को प्रचारमा सक्रिय

अभिनेत्री पूजा शर्मा आफ्नो नयाँ रेस्टुरेन्ट “ट्याग” को प्रचारमा सक्रिय : Icon Khabar

काठमाडौं, साउन २५ । अभिनेत्री पूजा शर्मा आफ्नो व्यवसायको प्रचारमा लागेकी छिन् । हातमा फिल्म नभएको मौका पारेर अहिले उनी आफ्ना प्रेमीसंग साझेदारी गर्दै रेस्टुरेन्ट व्यवसायमा सक्रिय छिन् । झम्सिखेलमा सञ्चालनमा आएको ट्याग नाम राखिएको त्यही रेस्टुरेन्टको प्रचारमा उनी अहिले जुटेकी छिन् ।

अझ सामाजिक सञ्जालमार्फत उनले आफ्नो रेस्टुरेन्टको विज्ञापन गरिरहेकी छिन् भन्दा फरक पर्दैन । अभिनेत्री गौरी मल्ल आफ्नो रेस्टुरेन्टको पहिलो पाहुना बनेकोदेखि फिलिप डिसीहुँदै समीक्षा अधिकारीको प्रस्तुतिसमेत उनको रेस्टुरेन्टमा भैसकेको छ ।

रेस्टुरेन्टमा बुधवार लेडिज नाइट विशेष थिम राखिएको थियो, जहाँ गायिका समिक्षा अधिकारीले प्रस्तुति दिएकी छिन् । बुधवार नै अभिनेत्री एलिजा गौतम पनि पूजाको रेस्टुरेन्ट पुगेकी छिन् । एकताका समीक्षाकै विरोध गरेर नथाक्ने पूजा अहिले आफ्नो फाईदाका लागि उनैलाई बोलाएर गाउन लगाउँदै छिन् भन्दै टिप्पणी समेत नभएका होइनन् ।

Published Date: 10 August 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय