अभिनेत्री पूजा शर्मा आफ्नो नयाँ रेस्टुरेन्ट “ट्याग” को प्रचारमा सक्रिय

अभिनेत्री पूजा शर्मा आफ्नो नयाँ रेस्टुरेन्ट “ट्याग” को प्रचारमा सक्रिय : Icon Khabar

काठमाडौं, साउन २५ । अभिनेत्री पूजा शर्मा आफ्नो व्यवसायको प्रचारमा लागेकी छिन् । हातमा फिल्म नभएको मौका पारेर अहिले उनी आफ्ना प्रेमीसंग साझेदारी गर्दै रेस्टुरेन्ट व्यवसायमा सक्रिय छिन् । झम्सिखेलमा सञ्चालनमा आएको ट्याग नाम राखिएको त्यही रेस्टुरेन्टको प्रचारमा उनी अहिले जुटेकी छिन् ।

अझ सामाजिक सञ्जालमार्फत उनले आफ्नो रेस्टुरेन्टको विज्ञापन गरिरहेकी छिन् भन्दा फरक पर्दैन । अभिनेत्री गौरी मल्ल आफ्नो रेस्टुरेन्टको पहिलो पाहुना बनेकोदेखि फिलिप डिसीहुँदै समीक्षा अधिकारीको प्रस्तुतिसमेत उनको रेस्टुरेन्टमा भैसकेको छ ।

रेस्टुरेन्टमा बुधवार लेडिज नाइट विशेष थिम राखिएको थियो, जहाँ गायिका समिक्षा अधिकारीले प्रस्तुति दिएकी छिन् । बुधवार नै अभिनेत्री एलिजा गौतम पनि पूजाको रेस्टुरेन्ट पुगेकी छिन् । एकताका समीक्षाकै विरोध गरेर नथाक्ने पूजा अहिले आफ्नो फाईदाका लागि उनैलाई बोलाएर गाउन लगाउँदै छिन् भन्दै टिप्पणी समेत नभएका होइनन् ।

Published Date: 10 August 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक