फेसबुकमार्फत महिलाको चरिहत्या गर्ने एक जना पक्राउ

फेसबुकमार्फत महिलाको चरिहत्या गर्ने एक जना पक्राउ : Icon Khabar

काठमाडौं, साउन २५ । सामाजिक सञ्जाल फेसबुकको नक्कली अकाउन्टबाट एक महिलाको चरिहत्या गर्ने ३९ वर्षीय तुलाराम सारुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका उपनिर्देशक तथा प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडितसँग फेसबुकमा साथी बनी, मायाजालमा फसाएर विवाह गर्छु भन्दै दबाब र धम्की दिने र भिडियो कलमा अश्लील हर्कत गर्न बाध्य पारी रेकर्ड गरिएको सामग्री पीडकले नक्कली अकाउण्टबाट साथीभाइको फेसबुकमा पठाएका हुन् ।

पीडितले सुरुमा आफ्नो फेसबुकको प्रोफाइल ब्लक गरेको तर पीडकले नक्कली प्रोफाइल बनाएर स्थायी बसोबास दैलेखका सारुले यस्ता गतिविधि गरी चरित्रहत्या गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशले निजमाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ ।

Published Date: 10 August 2023




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक