फेसबुकमार्फत महिलाको चरिहत्या गर्ने एक जना पक्राउ

फेसबुकमार्फत महिलाको चरिहत्या गर्ने एक जना पक्राउ : Icon Khabar

काठमाडौं, साउन २५ । सामाजिक सञ्जाल फेसबुकको नक्कली अकाउन्टबाट एक महिलाको चरिहत्या गर्ने ३९ वर्षीय तुलाराम सारुलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका उपनिर्देशक तथा प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपतिकुमार रायले पीडितसँग फेसबुकमा साथी बनी, मायाजालमा फसाएर विवाह गर्छु भन्दै दबाब र धम्की दिने र भिडियो कलमा अश्लील हर्कत गर्न बाध्य पारी रेकर्ड गरिएको सामग्री पीडकले नक्कली अकाउण्टबाट साथीभाइको फेसबुकमा पठाएका हुन् ।

पीडितले सुरुमा आफ्नो फेसबुकको प्रोफाइल ब्लक गरेको तर पीडकले नक्कली प्रोफाइल बनाएर स्थायी बसोबास दैलेखका सारुले यस्ता गतिविधि गरी चरित्रहत्या गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशले निजमाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ ।

Published Date: 10 August 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय