बिहीबार नेप्से परिसूचक ५.१३ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ५.१३ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन २५ । बिहीबार नेप्से परिसूचक ५.१३ अंक बढेर २०६६.०५ विन्दुमा पुगेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८८ करोडको शेयर कारोबार भएको बजारमा आज २६९ स्टकको ५७ हजार ७८९ पटकको कारोबारमा २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको ५५ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको छ।

त्यस्तै, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग, विकास बैंक, वित्त, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक घटेको छ।

Published Date: 10 August 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक