काठमाडौं विश्वविद्यालयद्वारा मेयर बालेन्द्र शाह पीएचडी फेलोशिपबाट सम्मानित

काठमाडौं विश्वविद्यालयद्वारा मेयर बालेन्द्र शाह पीएचडी फेलोशिपबाट सम्मानित : Icon Khabar

काठमाडौं, साउन २१ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालय (केयु)बाट फेलोसिप पाएका छन् ।

बालेनले केयूको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागि आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिसर्चर्स फेलोसिपका लागि शाहलाई छनोट गरेको हो ।

मेयर शाहले फेलोसिपका लागि छनोट भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा केयूले पठाएको पत्र पोष्ट गर्दै आभार व्यक्त गरेका छन् ।

काठमाडौं विश्वविद्यालयका अनुसार शाहले केयूका सहप्राध्यापक डा श्यामसुन्दर खड्काको रेखदेखमा पीएचडी गर्नेछन् ।

Published Date: 06 August 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै