काठमाडौं विश्वविद्यालयद्वारा मेयर बालेन्द्र शाह पीएचडी फेलोशिपबाट सम्मानित

काठमाडौं विश्वविद्यालयद्वारा मेयर बालेन्द्र शाह पीएचडी फेलोशिपबाट सम्मानित : Icon Khabar

काठमाडौं, साउन २१ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालय (केयु)बाट फेलोसिप पाएका छन् ।

बालेनले केयूको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागि आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिसर्चर्स फेलोसिपका लागि शाहलाई छनोट गरेको हो ।

मेयर शाहले फेलोसिपका लागि छनोट भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा केयूले पठाएको पत्र पोष्ट गर्दै आभार व्यक्त गरेका छन् ।

काठमाडौं विश्वविद्यालयका अनुसार शाहले केयूका सहप्राध्यापक डा श्यामसुन्दर खड्काको रेखदेखमा पीएचडी गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने