प्रधानमन्त्री दाहालद्वारा केदारनाथमा पहिरोमा परी ज्यान गुमाएका नेपाली नागरिकप्रति दुःख व्यक्त

प्रधानमन्त्री दाहालद्वारा केदारनाथमा पहिरोमा परी ज्यान गुमाएका नेपाली नागरिकप्रति दुःख व्यक्त : Icon Khabar

काठमाडौं, साउन २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागस्थित गौरीकुण्डमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

“गौरीकुण्ड पहिरोमा परी १३ नेपाली सहित १९ जना बेपत्ता भएको खबरले गहिरो दुःख लागेको छ । यस दु:खद घडीमा दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।” प्रधानमन्त्रीले भने ।

बेपत्ताहरुको खोजीका लागि कूटनीतिक पहल भइरहेको पनि उनले बताए ।

Published Date: 06 August 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै