प्रधानमन्त्री दाहालद्वारा केदारनाथमा पहिरोमा परी ज्यान गुमाएका नेपाली नागरिकप्रति दुःख व्यक्त

प्रधानमन्त्री दाहालद्वारा केदारनाथमा पहिरोमा परी ज्यान गुमाएका नेपाली नागरिकप्रति दुःख व्यक्त : Icon Khabar

काठमाडौं, साउन २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागस्थित गौरीकुण्डमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

“गौरीकुण्ड पहिरोमा परी १३ नेपाली सहित १९ जना बेपत्ता भएको खबरले गहिरो दुःख लागेको छ । यस दु:खद घडीमा दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।” प्रधानमन्त्रीले भने ।

बेपत्ताहरुको खोजीका लागि कूटनीतिक पहल भइरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने