पाटन दरबार क्षेत्रमा रहेको मन्दिरमा बस्न निषेध

पाटन दरबार क्षेत्रमा रहेको मन्दिरमा बस्न निषेध : Icon Khabar

ललितपुर, साउन २० । ललितपुरको पाटन दरबार क्षेत्रको दुई वटा मन्दिरको माथिल्लो तलामा नगर प्रहरीले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । कृष्ण मन्दिरको उत्तरतर्फ रहेको विश्वनाथ मन्दिर र हरिशंकर मन्दिरको माथिल्लो तलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

उनका अनुसार माथिलो तलामा गएका युवायुवतीले अंकमाल र चुम्बन गरेर बसेको भिडियो सार्वजनिक भएपछि पर्यटक र भक्तजनहरुले गुनासो गरेका थिए । त्यस्तै माथिल्लो तलामा मानिसहरु जाँदा भगवानको मूर्ति खुट्टामुनि पर्न गएकाले भक्तजनहरुबाट गुनासो आएको थियो ।

महानगर प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा ती मन्दिरको माथिल्लो तलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको हाछेथुले बताए । ‘पर्यटकहरुले पनि फोटो खिच्दा मान्छेको टाउको मात्र आयो भनेर गुनासो गरे । परिवारका सदस्यसहित मन्र घुम्न आउनेहरुले अप्ठेरो महसुस गरेकाले मेयर साबको निर्देशनमा हामीले ती मन्दिरमा प्रवेशमै रोक लगाएको हो’ उनले भने ।

अब कृष्ण मन्दिर र जगतनारायण मन्दिरमा पनि प्रवेशमा रोक लगाउने हाछेथुले बताए । अहिले विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नगर प्रहरीले मन्दिर क्षेत्रमै गस्ती गर्छ भने राति ८ देखि ११ बजेसम्म गाडीमार्फत मोवाइल गस्ती गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने