पाटन दरबार क्षेत्रमा रहेको मन्दिरमा बस्न निषेध

पाटन दरबार क्षेत्रमा रहेको मन्दिरमा बस्न निषेध : Icon Khabar

ललितपुर, साउन २० । ललितपुरको पाटन दरबार क्षेत्रको दुई वटा मन्दिरको माथिल्लो तलामा नगर प्रहरीले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । कृष्ण मन्दिरको उत्तरतर्फ रहेको विश्वनाथ मन्दिर र हरिशंकर मन्दिरको माथिल्लो तलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

उनका अनुसार माथिलो तलामा गएका युवायुवतीले अंकमाल र चुम्बन गरेर बसेको भिडियो सार्वजनिक भएपछि पर्यटक र भक्तजनहरुले गुनासो गरेका थिए । त्यस्तै माथिल्लो तलामा मानिसहरु जाँदा भगवानको मूर्ति खुट्टामुनि पर्न गएकाले भक्तजनहरुबाट गुनासो आएको थियो ।

महानगर प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा ती मन्दिरको माथिल्लो तलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको हाछेथुले बताए । ‘पर्यटकहरुले पनि फोटो खिच्दा मान्छेको टाउको मात्र आयो भनेर गुनासो गरे । परिवारका सदस्यसहित मन्र घुम्न आउनेहरुले अप्ठेरो महसुस गरेकाले मेयर साबको निर्देशनमा हामीले ती मन्दिरमा प्रवेशमै रोक लगाएको हो’ उनले भने ।

अब कृष्ण मन्दिर र जगतनारायण मन्दिरमा पनि प्रवेशमा रोक लगाउने हाछेथुले बताए । अहिले विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नगर प्रहरीले मन्दिर क्षेत्रमै गस्ती गर्छ भने राति ८ देखि ११ बजेसम्म गाडीमार्फत मोवाइल गस्ती गर्दै आइरहेको छ ।

Published Date: 05 August 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु