भक्तपुरको साँस्कृतिक सम्पदा पदयात्रा सम्पन्न, नगरवासीहरूको उत्साहजनक सहभागिता

भक्तपुरको साँस्कृतिक सम्पदा पदयात्रा सम्पन्न, नगरवासीहरूको उत्साहजनक सहभागिता : Icon Khabar

भक्तपुर, साउन २० । भक्तपुर नगरपालिकाको आयोजनामा भएको साँस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम शनिबार सम्पन्न भयो । भक्तपुरका सम्पदाहरुबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले शनिबार आयोजित सम्पदा पदयात्राको समापन कार्यक्रम भक्तपुर नपा वडा नं. १ स्थित न्हु पुखु (रानीपोखरी) मा भएको हो।

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ ’ भन्ने नाराका साथ भनपा वडा नं. ९ को लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा – ग्वंग पुखु – क्वाठण्डौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा पुगी समापन भयो ।

साँस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा साँस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको छ । पदयात्रामा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, स्वयम्सेवक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, खेलकुद समिति, बाजा समूह र नगरवासीहरुलगायतको उत्साहजनक सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उप प्रमुख रजनी जोशी, नेमकिपाका सांसद प्रेम सुवाल लगायतका व्यक्तित्वले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने