भक्तपुरको साँस्कृतिक सम्पदा पदयात्रा सम्पन्न, नगरवासीहरूको उत्साहजनक सहभागिता

भक्तपुरको साँस्कृतिक सम्पदा पदयात्रा सम्पन्न, नगरवासीहरूको उत्साहजनक सहभागिता : Icon Khabar

भक्तपुर, साउन २० । भक्तपुर नगरपालिकाको आयोजनामा भएको साँस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम शनिबार सम्पन्न भयो । भक्तपुरका सम्पदाहरुबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले शनिबार आयोजित सम्पदा पदयात्राको समापन कार्यक्रम भक्तपुर नपा वडा नं. १ स्थित न्हु पुखु (रानीपोखरी) मा भएको हो।

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ ’ भन्ने नाराका साथ भनपा वडा नं. ९ को लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा – ग्वंग पुखु – क्वाठण्डौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा पुगी समापन भयो ।

साँस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा साँस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको छ । पदयात्रामा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, स्वयम्सेवक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, खेलकुद समिति, बाजा समूह र नगरवासीहरुलगायतको उत्साहजनक सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उप प्रमुख रजनी जोशी, नेमकिपाका सांसद प्रेम सुवाल लगायतका व्यक्तित्वले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए।

Published Date: 05 August 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु