क्रिकेटर ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

क्रिकेटर ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा : Icon Khabar

काठमाडौं, साउन १९ । क्रिकेटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज एक पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्यास घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा मल्ले भने ‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु,’। यसको साथै उनले अब नयाँ यात्रा प्रारम्भ हुने बताएका छन् ।

मल्ल श्रीलंकामा भएको एसिसि इमर्जिङ कपमा नेपाली टोलीमा परेका थिएनन् । क्यानले मल्लसहित केही सिनियर खेलाडीलाई आराम दिइएको बताएको थियो । त्यस्तै, उनले यसअघि जिम्बाबेमा विश्वकप क्वालिफायर्स पनि खेलेका थिए । खराब फर्मबाट गुज्रिरहेका उनले दुई म्याचमा मौका पाउँदा उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने