क्रिकेटर ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

क्रिकेटर ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा : Icon Khabar

काठमाडौं, साउन १९ । क्रिकेटर ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज एक पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्यास घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा मल्ले भने ‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ । आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ । समग्रमा निकै सन्तुष्ट छु,’। यसको साथै उनले अब नयाँ यात्रा प्रारम्भ हुने बताएका छन् ।

मल्ल श्रीलंकामा भएको एसिसि इमर्जिङ कपमा नेपाली टोलीमा परेका थिएनन् । क्यानले मल्लसहित केही सिनियर खेलाडीलाई आराम दिइएको बताएको थियो । त्यस्तै, उनले यसअघि जिम्बाबेमा विश्वकप क्वालिफायर्स पनि खेलेका थिए । खराब फर्मबाट गुज्रिरहेका उनले दुई म्याचमा मौका पाउँदा उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

Published Date: 04 August 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग