सुन तस्करीको अनुसन्धान गर्न सीआइबीलाई प्रधानमन्त्रीको निर्देशन

सुन तस्करीको अनुसन्धान गर्न सीआइबीलाई प्रधानमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौं, साउन १९ । सरकारले त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको झण्डै एक क्विन्टल सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको उच्चस्तरीय छलफलपछि सुन तस्करी प्रकरणको अनुसन्धान नेतृत्व सीआईबीलाई दिन लागिएको हो ।

यस विषयमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग छलफल गरेका थिए । छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् ।

यस प्रकरणमा यो भन्दा अगाडि राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेको थियो । सुन तस्करीको अनुसन्धान प्रहरीलाई नदिइएको भन्दै सरकारको आलोचना समेत भएको थियो ।

मोटरसाइकलको ब्रेक शु भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् ।

Published Date: 04 August 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग