सुन तस्करीको अनुसन्धान गर्न सीआइबीलाई प्रधानमन्त्रीको निर्देशन

सुन तस्करीको अनुसन्धान गर्न सीआइबीलाई प्रधानमन्त्रीको निर्देशन : Icon Khabar

काठमाडौं, साउन १९ । सरकारले त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको झण्डै एक क्विन्टल सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको उच्चस्तरीय छलफलपछि सुन तस्करी प्रकरणको अनुसन्धान नेतृत्व सीआईबीलाई दिन लागिएको हो ।

यस विषयमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग छलफल गरेका थिए । छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् ।

यस प्रकरणमा यो भन्दा अगाडि राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेको थियो । सुन तस्करीको अनुसन्धान प्रहरीलाई नदिइएको भन्दै सरकारको आलोचना समेत भएको थियो ।

मोटरसाइकलको ब्रेक शु भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा चिनियाँ, भारतीय र बेल्जियन नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु