बेलायतको केन्द्रीय बैंकले लगातार १४औं पटक ब्याजदर बढायो

बेलायतको केन्द्रीय बैंकले लगातार १४औं पटक ब्याजदर बढायो : Icon Khabar

काठमाडौं, साउन १९ । बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इङ्ल्यान्ड’ ले लगातार १४औं पटक ब्याजदर बढाएको छ ।

बैंकले बिहीबार ०.२५% विन्दुले ब्याजदर बढाएर ५.२५% पुर्याउने निर्णय गरेको हो । उक्त ब्याजदर विगत १५ वर्ष अर्थात सन् २००८ को फेब्रुअरी महिनायताकै उच्च भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

मुद्रास्फीति चाप बढ्न थालेपछि सन् २०२१ को डिसेम्बर महिनायता बैंक अफ इङ्ल्यान्डले निरन्तर ब्याजदर बढाउँदै आएको छ । बिहीबार ब्याजदर बढाएको लगातार १४औं पटक हो ।

यता, बेलायतको केन्द्रीय बैंकले आगामी महिनाहरुमा ब्याजदर थप वृद्धि हुन सक्ने पनि संकेत गरेको छ । मुद्रास्फीति दर अझै उच्च विन्दुमै रहेकाले ब्याजदर बढाउने क्रमलाई निरन्तरता दिइएको बैंक अफ इङ्ल्यान्डले जानकारी गराएको छ ।

यसअघि, सोही कारण देखाउँदै अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ र युरोपेली युनियनको केन्द्रीय बैंकले पनि ब्याजदर बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2023
Website | + posts




ताजा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह
सोमबार सुनको मूल्य प्रतितोला रू दुई हजारले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने