बेलायतको केन्द्रीय बैंकले लगातार १४औं पटक ब्याजदर बढायो

बेलायतको केन्द्रीय बैंकले लगातार १४औं पटक ब्याजदर बढायो : Icon Khabar

काठमाडौं, साउन १९ । बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इङ्ल्यान्ड’ ले लगातार १४औं पटक ब्याजदर बढाएको छ ।

बैंकले बिहीबार ०.२५% विन्दुले ब्याजदर बढाएर ५.२५% पुर्याउने निर्णय गरेको हो । उक्त ब्याजदर विगत १५ वर्ष अर्थात सन् २००८ को फेब्रुअरी महिनायताकै उच्च भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

मुद्रास्फीति चाप बढ्न थालेपछि सन् २०२१ को डिसेम्बर महिनायता बैंक अफ इङ्ल्यान्डले निरन्तर ब्याजदर बढाउँदै आएको छ । बिहीबार ब्याजदर बढाएको लगातार १४औं पटक हो ।

यता, बेलायतको केन्द्रीय बैंकले आगामी महिनाहरुमा ब्याजदर थप वृद्धि हुन सक्ने पनि संकेत गरेको छ । मुद्रास्फीति दर अझै उच्च विन्दुमै रहेकाले ब्याजदर बढाउने क्रमलाई निरन्तरता दिइएको बैंक अफ इङ्ल्यान्डले जानकारी गराएको छ ।

यसअघि, सोही कारण देखाउँदै अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ र युरोपेली युनियनको केन्द्रीय बैंकले पनि ब्याजदर बढाएका थिए ।

Published Date: 04 August 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग