दोलखामा गएको पहिरोमा अझै तीन जना बेपत्ता

दोलखामा गएको पहिरोमा अझै तीन जना बेपत्ता : Icon Khabar

दोलखा, साउन १९ । दोलखामा बिहीबार रातिको पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका–७ टोपाटारका यज्ञबहादुर थामीका १५ महिनाका नाति रहेका छन् ।

गौरीशंकर गाउँपालिका–८ मा परेको अविरल वर्षाका कारण गौरीशंकर गाउँपालिका–७ मा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले बताए ।

पहिरोमा परी गौरीशंकर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती बेपत्ता छन् ।

यस्तै घटनामा तीन जना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकप्टर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 August 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने