दोलखामा गएको पहिरोमा अझै तीन जना बेपत्ता

दोलखामा गएको पहिरोमा अझै तीन जना बेपत्ता : Icon Khabar

दोलखा, साउन १९ । दोलखामा बिहीबार रातिको पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका–७ टोपाटारका यज्ञबहादुर थामीका १५ महिनाका नाति रहेका छन् ।

गौरीशंकर गाउँपालिका–८ मा परेको अविरल वर्षाका कारण गौरीशंकर गाउँपालिका–७ मा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले बताए ।

पहिरोमा परी गौरीशंकर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती बेपत्ता छन् ।

यस्तै घटनामा तीन जना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकप्टर पठाइएको छ ।

Published Date: 04 August 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु