गायिका सरिता प्रजापतिको “नेपाली भेष” बोलको म्युजिक भिडियो सार्वजनिक

गायिका सरिता प्रजापतिको “नेपाली भेष” बोलको म्युजिक भिडियो सार्वजनिक : Icon Khabar

काठमाडौँ, पुष २२। चर्चित गायिका सरिता प्रजापतिको “नेपाली भेष” बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ। गायिका प्रजापतिले सो गीत आफ्नै युट्युब च्यानल सरिता प्रजापति अफिसियल मार्फत आज सार्वजनिक गरेकी हुन्।

राष्ट्र भावले भरिएको सो गीतमा आवाज अनि शब्द रचना सरिता प्रजापतिकै रहेको छ साथै संगीतकार अनिस श्रेष्ठको संगीत रहेको छ।गायिका प्रजापतिको हेर्दा हेर्दै जवानीले , ढाका टोपी , नेक्स्ट टाइम, जाली रूमाल, बरै, बुढाबुढी एक्सप्रेस, बारुले कम्मर लगायतका गीतहरु दर्शक श्रोता माझ परिचित छन्। गायिका प्रजापतिले नेपाली आधुनिक, पप, लोक गीत, नेपाल भाषाका गीतहरु संगै विभिन्न ५ वटा भाषाहरुमा गीतहरु गाउदै आएकी छिन्।

 

Published Date: 06 January 2023