भक्तपुरको ख्य पुखु (अंचा पुखु) मा लागिरहेको मत्स्यनारायणको मेला (फोटो फिचर)

भक्तपुरको ख्य पुखु (अंचा पुखु) मा लागिरहेको मत्स्यनारायणको मेला (फोटो फिचर) : Icon Khabar

भक्तपुर, साउन १७ । भक्तपुर नगरपालिका– ६ महाकालीस्थानमा अवस्थित ख्य पुखु (अंचा पुखु)मा दर्शनार्थीको घुइँचो लागेको छ । अधिकमासमा एक महिना मेला लाग्ने यस ख्य पुखुमा मत्स्यनारायण दर्शनका लागि भक्तजनको मेला लाग्ने गर्दछ ।

यस महिना भरि ख्य पुखुमा स्नान गर्नाले शरीरमा भएका घाउ खटिरा निको हुनुका साथै मस्यनारायणको पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने धार्मिक मान्यता छ ।

ख्य पुखुमा नुहाइधुवाइ गरी चोखो लुगा लगाएर मत्स्यनारायण महादेवलाई गङ्गाजल, पञ्चामृतले स्नान गराइ केरा, हरियो काँचो केराउ, मालपुवा चढाइ घिउको दियो बाल्ने परम्परा रहेको छ ।

ख्य पुखु (अंचा पुखु)…..
भक्तपुर नपा वडा नं ६ महाकाली देकोचा परिसरमा रहेको एक पोखरीको नाम हो ख्य पुखु । ख्य पुखु भन्नाले ख्यले (ठूलो चौर) मा बनेको पोखरी भन्ने अर्थ लाग्दछ ।

यस पोखरीलाई अंचा पुखु पनि भन्ने गरिन्छ । यस पोखरीको माझमा भुजसी नारायण (बुढानिलकण्ठ) बिराजमान रहेकै कारण कसै कसैले यसलाई सानो बुढानिलकण्ठ पनि भन्ने गर्दछ ।

त्यस्तै पोखरीको बिचमा मत्स्य नारायण मन्दिर पनि रहेको छ जहाँ नेपाल सम्बत अनुसार चार बर्षको एक पटक एक महिने अनल महिना भरी मनमास रहेको कारण यहाँ ठुलै मेला लाग्ने गर्दछ भने अरु समय स-साना बालकहरु पौडी खेल्ने गर्दछ ।

यस पोखरीको परिसरमा दस अवतार, हनुमान लगायत अन्य देवताहरुको मुर्तीहरु पनि रहेको छ । चारै तिर पर्खाल र पाटीले घेरिएको यस स्थानमा बिहान सबेरै देखि भजन किर्तन गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।

Published Date: 02 August 2023
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
काठमाडौं–१ मा ‘घन्टी’को दबदबा: रास्वपाकी रञ्जु दर्शनाको जित लगभग निश्चित, प्रतिस्पर्धी धेरै पछाडि
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अग्रस्थानमा


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो