भक्तपुरको ख्य पुखु (अंचा पुखु) मा लागिरहेको मत्स्यनारायणको मेला (फोटो फिचर)

भक्तपुरको ख्य पुखु (अंचा पुखु) मा लागिरहेको मत्स्यनारायणको मेला (फोटो फिचर) : Icon Khabar

भक्तपुर, साउन १७ । भक्तपुर नगरपालिका– ६ महाकालीस्थानमा अवस्थित ख्य पुखु (अंचा पुखु)मा दर्शनार्थीको घुइँचो लागेको छ । अधिकमासमा एक महिना मेला लाग्ने यस ख्य पुखुमा मत्स्यनारायण दर्शनका लागि भक्तजनको मेला लाग्ने गर्दछ ।

यस महिना भरि ख्य पुखुमा स्नान गर्नाले शरीरमा भएका घाउ खटिरा निको हुनुका साथै मस्यनारायणको पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने धार्मिक मान्यता छ ।

ख्य पुखुमा नुहाइधुवाइ गरी चोखो लुगा लगाएर मत्स्यनारायण महादेवलाई गङ्गाजल, पञ्चामृतले स्नान गराइ केरा, हरियो काँचो केराउ, मालपुवा चढाइ घिउको दियो बाल्ने परम्परा रहेको छ ।

ख्य पुखु (अंचा पुखु)…..
भक्तपुर नपा वडा नं ६ महाकाली देकोचा परिसरमा रहेको एक पोखरीको नाम हो ख्य पुखु । ख्य पुखु भन्नाले ख्यले (ठूलो चौर) मा बनेको पोखरी भन्ने अर्थ लाग्दछ ।

यस पोखरीलाई अंचा पुखु पनि भन्ने गरिन्छ । यस पोखरीको माझमा भुजसी नारायण (बुढानिलकण्ठ) बिराजमान रहेकै कारण कसै कसैले यसलाई सानो बुढानिलकण्ठ पनि भन्ने गर्दछ ।

त्यस्तै पोखरीको बिचमा मत्स्य नारायण मन्दिर पनि रहेको छ जहाँ नेपाल सम्बत अनुसार चार बर्षको एक पटक एक महिने अनल महिना भरी मनमास रहेको कारण यहाँ ठुलै मेला लाग्ने गर्दछ भने अरु समय स-साना बालकहरु पौडी खेल्ने गर्दछ ।

यस पोखरीको परिसरमा दस अवतार, हनुमान लगायत अन्य देवताहरुको मुर्तीहरु पनि रहेको छ । चारै तिर पर्खाल र पाटीले घेरिएको यस स्थानमा बिहान सबेरै देखि भजन किर्तन गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0
Published Date: 02 August 2023
Website | + posts




ताजा
देशका विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक
सोमबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढ्यो
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित