रास्वपाद्वारा विभिन्न पदमा कर्मचारी माग

रास्वपाद्वारा विभिन्न पदमा कर्मचारी माग : Icon Khabar

काठमाडौं, साउन १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

पार्टीले बजार प्रवद्र्धन, कुक, वेटर, सुपरभाईजर, अकाउन्टेन्ट, नर्सिङ, इन्जिनियरिङ लगायत क्षेत्रमा कामदार माग गरेको हो । यस्तै, पार्टीले यी पदहरुको लागी आकर्षक तलबमान समेत सार्वजनिक गरेको छ ।

स्वदेश फर्क अभियान अन्तर्गत रास्वपाले क्षमता भएकालाई फ्री टिकट सहित नेपालमै १ लाख ५० हजारसम्म तलब सुविधा सहित विज्ञापन नै प्रकाशित गरेर कामदार माग गरेको हो । ती विज्ञापनहरु विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएको रास्वपाले जनाएको छ ।

यस अघि नेपालमा गएर काम गर्न चाहनेहरुको लागी फ्रि टिकटको व्यवस्था गर्ने सभापति रवि लामिछानेले सार्वजानिक मन्चबाट नै घोषणा गरेका थिए । ईच्छुक नेपाली नागरिकहरुले ईमेलमा पठाउन सक्नेछन् ।

Published Date: 02 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी