बुधबार नेप्से परिसूचक ९.२५ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ९.२५ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १७ । बुधबार नेप्से परिसूचक ९.२५ अंक बढेर २०८६.८४ विन्दुमा पुगेको छ।

आज २६९ स्टकको ३५ हजार ६४५ पटकको कारोबारमा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बराबरको ९३ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्यूत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 August 2023
Website | + posts